लेख विवरण

पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट रोमाञ्चक मोडमा

पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट रोमाञ्चक मोडमा

काठमाडौं । पाकिस्तान र इङ्ल्यान्डबीच जारी टेष्ट सिरिजको अन्तिम खेल रोमाञ्चक मोडमा पुगेको छ । मुल्तानमा जारी टेस्टमा सुल्तान को बन्छ त्यसको निर्णय हुन बाँकी नै छ ।

आइतवार (आज) तेस्रो दिनको खेलमा इङ्ल्यान्ड दोस्रो इनिङ्समा २७५ रन बनाएर अलआउट भएपछि पाकिस्तानले जितका लागि ३५५ रनको लक्ष्य पाएको थियो । लक्ष्य पछ्याउने क्रममा पूरा दिनको खेल समाप्त हुँदा पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १९८ रन बनाएको छ । ३५५ रनको लक्ष्य देखी पाकिस्तान अझै १५७ रन टाढा छ र टोलीसँग ६ विकेट बाँकी छ । पाकिस्तानका लागि साउद शकील ५४ र फहिम अशरफ ३ रनमा अविजित छन ।

लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २० ओभरमै मोहम्मद रिजवान र बाबर आजमको विकेट गुमाएको थियो । रिजवानलाई एन्डरसनले बोल्ड गरेका थिए भने बाबर आजम ओली रबिन्सनको बलमा आउट भएका थिए ।

बाबर दुर्भाग्यपूर्ण तरिकाले आउट भएका थिए । १९ औं ओभरमा बाबरलाई ओली रोबिन्सनले आफ्नो शिकार बनाएका थिए । ओलीले ओभरको ५ औं बल अफ स्टम्प बाहिरबाट इन स्विङ गराए । बाबरले उक्त बल सीधा जान्छ भन्ने सोचेर बल छोड्ने निर्णय गरे। तर त्यो गल्ती पाकिस्तानी कप्तानलाई निकै महँगो पर्यो । बल सिधा जानुको सट्टा इन स्विङ हुँदै भित्र पस्यो र अफ स्टम्प लाग्यो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.