लेख विवरण

पाकिस्तान सँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

पाकिस्तान सँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं । पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ। नेपालको जितमा अञ्जन विष्टले दोस्रो हाफको ८३ औँ मिनेटमा गोल गरे । अञ्जनले सुनिल बलको पासमा गोल गरेका हुन । उनको गोलमा नेपालले मैत्रीपूर्ण खेलमा पाकिस्तानलाई १-० ले पराजित गर्यो ।

खेलको म्यान अफ द म्याच बनेका अञ्जनले गोल गरेपछि जर्सी फुकालेर सेलिब्रेसन गर्दा अञ्जनले पहेँलो कार्ड पाएका थिए । नेपालका नियमित कप्तान किरण चेम्जाङ अनुपस्थिति रहेको खेलको कप्तानी रोहित चन्दले गरेका थिए।

नेपालका लागि बुधबारको खेल ऐतिहासिक भएको छ। नेपाल दशरथ रङ्गशालामा खेलेको ५० औँ खेलमा विजयी भएको हो। सन् १९८४ मा दशरथ रङ्गशालामा आधिकारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल भएको थियो। पाकिस्तान फिफाको निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नेपाल आएको हो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.