लेख विवरण

पार्कर खेलाडी दिनेशले बनाए छैटौँ पटक विश्व कीर्तिमान

पार्कर खेलाडी दिनेशले बनाए छैटौँ पटक विश्व कीर्तिमान

काठमाडौँ । नेपालका पार्कर खेलाडी दिनेश सुनारले छैटौँ पटक विश्व कीर्तिमान तोड्न सफल भएका छन । उनले स्किप गर्दा सबैभन्दा पछाडि समारोसाल्ट विधा अन्तर्गत ३० सेकेन्डमा १४ पटकको नयाँ कीर्तिमान बनाएका हुन ।

यसअघि यस विधामा जापानका दाइसुके मिमुराको नाममा ११ पटकको कीर्तिमान थियो । बिहीबार अमेरिकाको ओहाया स्थित सनसाइन तेक्वान्दो एकेडेमी भएको कार्यक्रममा दिनेशले नयाँ कीर्तिमान रच्दा एक्रोनका गभरमेन्ट सिटी काउन्सिल मेम्बर फिल लोमबार्डो लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विशेष साक्षीको भूमिका मास्टर सेकेन्ड डान ब्ल्याक बेल्ट हर्क तिरुवा, मास्टर ब्ल्याक बेल्ट श्याम खनालले गरेका थिए । पार्कर खेलमा क्रियाशील दिनेश खोटाङका हुन । उनी पार्कर खेललाई नेपालमा विकास गर्न पनि लागि परेका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.