लेख विवरण

पिएमकप महिला राष्ट्रिय क्रिकेट : नवलपरासीको टोली घोषणा

पिएमकप महिला राष्ट्रिय क्रिकेट : नवलपरासीको टोली घोषणा

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय छनोटका लागि नवलपरासीको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले सरस्वती पुनको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीका अन्य सदस्यमा बन्धना जयसवाल, शितल भण्डारी, उषा अर्याल, बिष्णु तिवारी, विपना परियार, कृषा खनाल, शाक्क्षी भण्डारी, गोमा पन्थी (यसोदा), प्रियन्का रायमाझी, सुमिना नेपाली, सृजना खड्का, डिम्पल पराजुली र बन्दना बिक रहेका छन् ।

प्रशिक्षकमा जगदिश चौधरी र व्यवस्थापकमा विजय नेवारलाई जिम्मेवारी दिइएको छ ।

लुम्बिनी प्रदेश छनोट प्रतियोगिता यही पुस २३ गतेदेखि दाङमा हुँदैछ ।

No photo description available.

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.