लेख विवरण

पिएम कप एकदिवसीय क्रिकेट : छनोट खेलमा मकवानपुरले टियुलाई ७ विकेटले हरायो

पिएम कप एकदिवसीय क्रिकेट : छनोट खेलमा मकवानपुरले टियुलाई ७ विकेटले हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको छनोट खेलमा मकवानपुरले त्रिभुवन विश्वविद्यालय (टियु) लाई ७ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधवार भएको खेलमा मकवानपुरले टियुलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । टस जितेर पहिले बलिङ गरेको मकवानपुरले त्रिविलाई ५८ रनमा रोकेको थियो । मकवानपुरको कसिलो बलिङ सामु टियुले घुँडा टेकेको थियो ।

टियुलाई सस्तैमा रोक्न मकवानपुरका लागि समिर चौलागाइले सर्बाधिक ५ विकेट लिएका थिए । त्यस्तै राम नरेश गिरीले ३ तथा पियुष शर्माले २ विकेट लिए । त्रिविका लागी सन्देश पँगेनीले (१९) र कप्तान पृथु बास्कोटाले ११ रन बाहेक अन्य ब्याट्स्मनले दोहोरो अंकमा रन बनाउन सकेन । ५९ रनको झिनो लक्ष्य पछ्याएको मकवानपुरले १७ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य हासिल गर्‍यो ।

मकवानपुरका बिशाल फुयालले (२१) र तक्षक सिंखडा ले १८ रन बनाए । ५ विकेट लिएका मकवानपुरका समिर चौलागाइ म्यान अफ द म्याच घोषित भए । उनले ट्रफी सँग १८ हजार नगद पाए । उनलाई मकवानपुरका पूर्व खेलाडी उत्सब सिग्देलले ५ विकेट लिए बापत १० हजार, म्यान अफ द म्याच बापत ३ हजार र सौरभ आचार्यले ५ हजार दिने भएका छन । अब मकवानपुरले बिहिबार काठमाडौं र ललितपुर बिच हुने खेलको बिजेता सँग शुक्रबार उपाधिका लागि खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.