पिएसएलबाट बाहिरिए अफ्रिदी
काठमाडौं । पाकिस्तानका चर्तित क्रिकेटर शाहिद अफ्रिदी अचानक पाकिस्तान सुपर लिग (पिएसएल)बाट बाहिरिएका छन । उनले स्वास्थ्य अवस्थाका कारण आफु पिएसएलबाट बाहिरिएको जनाएका छन । अफ्रिदीले टवीटर मार्फत एक भिडियो शन्देश जारी गर्दै स्वास्थ्य अवस्थाका कारण आफुले पिएसएलको बाँकी खेलहरु नखेल्ने जनाएका छन ।
अफ्रिदीले भने, ‘म पिएसएलबाट बाहिरिएको छु, मेरो शारीरिक अवस्था ठिक छैन, तापनि मैले केही खेलहरु खेले । मेरो यो समस्या करिब १५-१६ बर्ष पुरानो हो । मैले बलिङ गर्दा यो समस्या पुनः दोहरिने गर्छ, जसकारण मेरो शरीरमा पिडा सुरु हुन्छ । तर म फर्कने कोसिस गर्नेछु ।’
अफ्रिदी टी-२० क्रिकेटमा ठुलो खेलाडी हुन । उनले आफ्नो करियरमा २५ भन्दा बढी टोलीहरुको लागि खेलेका छन । जाहाँ उनले एक सतक र १० अर्धसतक सहित ३२९ खेलमा ४ हजार ३ सय ९९ रन बनाएका छन । उनले ३ सय २६ चौंका र २ सय ५२ छक्का प्रहार गरेका छन । उनको स्ट्राइक रेट २ हजार ८ सय ५८ रहेको छ ।

टिप्पणी लेख्नुहोस्