लेख विवरण

पिएसएल : कराँची किंग्स ६६ रनले विजयी

पिएसएल : कराँची किंग्स ६६ रनले विजयी

काठमाडौंँ । पाकिस्तान सुपर लिग (पिएसएल)को चौंधौ खेलमा कराँची किंग्सले मुल्तान सुल्तानलाई ६६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको कराँचीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १६७ रन बनायो । टोलीका लागि तय्यब ताहिरले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ६५ रनको योगदान दिए । विकेट किपर म्याथ्यू वेड ४६ र जेम्स विन्स २७ रन बनाएर आउट भए । कपतान इमाद वासिम र शोएब मलिकले क्रमशः १० र १४ रनमा अविजित रहे । मुल्तान सुल्तानका लागि इहसानुल्लाहले २ तथा अनवर अलीले १ विकेट लिए ।

कराँचीले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा सुल्तान मुल्तानको टोली १६.३ ओभरमा अलआउट हुँदै १०१ रनमा रोकियो । टोलीका लागि कप्तान मोहम्मद रिजवान (२९) र ओपनर शान मसूदले (२५ं) रन बनाउनु बाहेक अन्य खेलाडीहरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन । अनवर अली (१२), उसामा मीर (१०) र कार्लोस ब्राथवेट (१) रन बनाएर आउट भए । अकेल होसेन र अब्बास अफ्रिदीले समान २-२ रन बनाए ।

बलिङमा कराँचीका लागि शोएब मलिक र तबरेज शम्सीले समान ३-३ विकेट लिए । इमाद वासिम र अकिफ जावेदले २-२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच तबरेज शम्सी भए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.