लेख विवरण

पिस प्वाइन्ट च्याम्पियन

पिस प्वाइन्ट च्याम्पियन

काठमाडौंँ । आयोजक पिस प्वाइन्टले ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले सिद्धार्थ बनस्थलीलाई ५–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ विशेष थिङ र राहुल लामाले २–२ तथा सम्राट बस्नेतले १ गोल गरे । उपाधिसँगै पिस प्वाइन्टले ४० हजार नगद पुरस्कार हात पा¥यो भने सिद्धार्थ बनस्थलीले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।

छाहरीले नेपाल तारालाई टाइब्रेकरमा ३–२ गोलले हराउदै तेश्रो भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । छहारीका राजेश तामाङ ‘म्यान अफ द म्याच’ बने । छहारीले १० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।

पिस प्वाइन्टका राहुल लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ९ गोल गरेको नेपाल ताराका भुवन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । सविन सिलवाल उत्कृष्ट गोलरक्षक, नयेश राई उत्कृष्ट डिफेन्डर र सुरजजंग थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टत्रय पिस प्वाइन्टका हुन् ।

विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, पिस प्वाइन्टकी प्रिन्सिपल इशु गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १० गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.