पिस प्वाइन्ट र सिद्धार्थ बनस्थली फाइनलमा
काठमाडौंँ । आयोजक पिस प्वाइन्ट र सिद्धार्थ बनस्थली ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । दुवै टाइब्रेकरमा विजयी भए ।
सानोगौचरण मैदानमा पिस प्वाइन्टले नेपाल तारालाई ३–१ गोलले पराजित ग¥यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । पिस प्वाइन्टका अभय घिमिरे, विशेष थिङ र सम्राट बस्नेतले गोल गरे । नेपाल ताराका आर्यन दाहालले गोल गरे । पिस प्वाइन्टका गोलरक्षक सविन सिलवाल ‘म्यान अफ द म्याच’ घोषित भए ।
सिद्धार्थ बनस्थलीले छहारीलाई ३–२ गोलले हरायो । निर्धारित खेलको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । फाइनल मंगलबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्