लेख विवरण

पीएम कपमा आज दुई खेल हुँदै

पीएम कपमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (मंगलबार) दुई खेल हुँदैछन् ।

कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा प्रदेश एक र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुदैछ । दुबै टोली पहिलो जितको खोजीमा छन् । दुबै टोली पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएका थिए ।

मुलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा बिभागीय टोली एपिएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच भिडन्त हुनेछ। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको एपिएफ दोस्रो जितको दाउमा छ । गण्डकी प्रदेशसँग पहिलो खेल हारेको सुदूरपश्चिम भने पहिलो जितको खोजीमा छ ।

दुबै खेल विहान सवा ९ बजे सुरु हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.