लेख विवरण

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टोली घोषणा

पीएम कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टोली घोषणा

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटका लागि कर्णाली प्रदेशले खेलाडी टोलीको घोषणा गरेको छ । कर्णालीले शनिबार रविन्द्रजंग शाहीको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

टोलीमा प्रकाश जैसी, दीपेन्द्र रावत, हिमांशु शाही, अनुज चनारा, आवश शाह, दिनेश अधिकारी, विपिन रावल, सुबोध ऐर, अर्जुन घर्ती, दिवान पुन, विपिन शाही, निश्चिल रावल र मोहन विक छन । मुख्य प्रशिक्षक वीरेन्द्र शाहीले पहिलो पटक टोलीमा चार जना नयाँ खेलाडीलाई मौका दिएका छन ।

दीपेन्द्र रावत, आवश शाह, मोहन विक र विपिन शाही पहिलो पटक प्रधानमन्त्री कपका लागि टोलीमा परेका हुन । सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने प्रतियोगितामा कर्णाली समूह ‘ए’ मा छ । प्रतियोगिताका खेलहरू आइतबारदेखि त्रिवि मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.