पीएम कप : गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीचको खेल बराबरीमा सकियो
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबिच भएको खेल बराबरीमा सकिएको छ ।
मुलपानी क्रिकेट मैदानमा एपिएफले दिएको ११६ रनको लक्ष्य पन्छाएको गण्डकी ३१ ओभरमा ११५ रनमा अलआउट भयो । गण्डकीका लागि अभिषेक बस्नेतले २४ तथा अर्जुन कुमालले १८ रनको योगदान दिए । कप्तान बिपिन खत्रीले १७ तथा कमल परियार ११ रन बनाएर आउट भए । एपिएफका लागि मौसम ढकाल र किशोर महतोले ४र४ तथा भुवन कार्कीले २ विकेट हात पारे ।
टस हारेर ब्याटिङ गरेको एपीएफ क्लब ११५ रनमा अलआउट भएको थियो । गण्डकी प्रदेशले एपीएफलाई ३५.१ओभरमा अलआउट गरेको हो । एपीएफका लागि भुवन कार्की सर्वाधिक २४ रनमा अविजित रहे । पूरण बिकले २३, लोकेश बम र सन्दीप जोराले समान २२र२२ रन जोडे । गण्डकीका लागि अर्जुन कुमाल र अमृत गुरुङले समान ३÷३ विकेट लिँदा सुभाष भण्डारीले २ विकेट झारे ।
शुक्रबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशलाई १६९ रनले हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।
आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनायो ।
जितसँगै आर्मीले २ खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा आर्मीलाई एपीएफ क्लबले हराएको थियो । आर्मी तेस्रो स्थानमा रहेको छ । लगातार तेस्रो हार व्यहोरेको सुदूरपश्चिम पुछारमा रहेको छ । सुदूरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

टिप्पणी लेख्नुहोस्