लेख विवरण

पुरुष फुटबलमा एनआरएनए र बागमतीको बिजयी शुरुवात

पुरुष फुटबलमा एनआरएनए र बागमतीको बिजयी शुरुवात

काठमाडौं । गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) र बागमती प्रदेशले बिजयी शुरुवात गरेका छन् । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–० गोल अन्तरले पराजित गर्यो ।

एनआरएनएको जितमा संजोग राई र विमल घर्तीमगरले गोल गरे । संजोगले खेलको नवौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए । समय घटाएर ७० मिनटमा झारेको खेलको दोश्रो गोल विमलले दोश्रो हाफको दशौं मिनेटमा गरेका थिए । दोश्रो खेलमा बागमतीले मधेस प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै महत्वपूणै ३ अंक जोडेको छ । बागमतीका सुनिल बलले दोश्रो हाफको चौथो मिनटमा र अन्जन बिष्टले १० औं मिनटमा गोल गर्दै टिमका लागि महत्वपूर्ण अंक जोडे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.