पुरुष फुटबल : गण्डकी प्रदेशको पहिलो जित
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल तर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश नं. १ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो ।
समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफमा गरेको थियो । गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे । निकै आक्रमक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो । जय गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई १–० को अग्रता दिलाए । २७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहारले सिधैँ जाली चुम्यो ।
पहिलो हाफ २–० ले पछि परेको प्रदेश नं. १ ले सुधारिएको खेल देखाएपनि स्ट्राइक लाइनमा कम्जोर हुँदा खेलमा फर्किन सकेन ।

टिप्पणी लेख्नुहोस्