लेख विवरण

पुरुष भलिबल नेशन्स् लिगका लागि १८ खेलाडी बन्द प्रशिक्षण

पुरुष भलिबल नेशन्स् लिगका लागि १८ खेलाडी बन्द प्रशिक्षण

काठमाडौंँ । नेपाल भलिबल संघले सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेशन्स् लिगका लागि १८ जना खेलाडीलाई बन्द प्रशिक्षण बोलाएको छ । किर्गिस्तानमा आयोजना हुने प्रतियोगितामा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।

नेपाल भलिबल संघले शुक्रबार एक सुचना जारी गरि १८ जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाइएको जनाएको छ । बन्द प्रशिक्षण बैशाख २५ बाट शुरु हुनेछ ।

काभा नेशन्स लिगमा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेका छन । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरुः

हरिहजुर थापा, लोकेन्द्र गिरी, सम्राट भण्डारी, मान बहादुर श्रेष्ठ, टेकराज अवस्थी, धिरोज बस्नेत, राजेन्द्र बिष्ट,विशाल बिक, रविन चन्द, रवि केसी, हेमन्त मल्ल, दुर्गा खड्का, हरिबहादुर अधिकारी, सफल बिक, मनिष मानन्धर, धन बहादुर भट्ट क्षेत्री, भीम गाहा र बिनोद चन्द ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.