पुरुष ह्याण्डबलमा बागमतीको जित
गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेस प्रदेशमाथि २१–१३ को अन्तरले जित हासिल गरेको हो ।
बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक पाँच गोल गरे । पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार बेहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण तीन अङ्क जोडेको छ । लगातार दोस्रो खेलमा पराजित मधेश भने अङ्कविहीन छ । मधेसले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो ।

टिप्पणी लेख्नुहोस्