लेख विवरण

पुलिस, एपीएफ, गण्डकी र बागमती प्रदेश महिला भलिबलको सेमिफाइनल

पुलिस, एपीएफ, गण्डकी र बागमती प्रदेश महिला भलिबलको सेमिफाइनल

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश र बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् ।

सोमबार भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई २५–१५, २५–१८, २५–१० को सोझो सेटमा हरायो । दोस्रो खेलमा बाग्मती प्रदेशले सुदूरपश्चिमलाई २५–१२, २५–१५, २५–२३ को सोझो सेटमा हरायो ।

तेस्रो खेलमा नेपाल पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–२०, २३–२५, १४–२५, १५–१३ को प्रतिस्पर्धात्मक सेटमा स्तब्ध बनायो । अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश –१ लाई २५–१०, २५–१०, २५–१७ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनायो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.