पुष्पलाल स्मृति ब्याडमिन्टन : महिला तर्फको क्वाटरफाईनल समिकरण पूरा
काठमाडौँ । राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा भएको लिनिङ्ग ११औँ पुष्पलाल स्मृती र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । ललितपुरस्थित नखिपोट कभर्डहलमा भएको प्रतियोगिताको पहिलो दिन महिला तर्फको क्वाटरफाईनल समिकरण पूरा भएको छ ।
प्रतियोगितामा नम्बर एक वरियताकी खेलाडी नङ्गशल तामाङले आफ्नो दुवै खेल जित्दै क्वार्टरफाइनलमा पुगिन । सेनाकी अमिता गिरीले पनि अन्तिम आठमा स्थान सुरक्षित गरिन । सेनाकै अनुमाया राई, एपिएफकी सुनैना मुखिया र पुलिसकी निता लम्सालले पनि क्वार्टरफाइनलमा स्थान बनाइन ।
पुरुषतर्फ एपिएफका दीपेश धामीले दुई खेलमा जित निकाले । सुनिल जोशीले एक जित र एक हार, सेनाका नविन श्रेष्ठले दुवै जित, एपिएफका साजन कृष्ण ताम्रकारले र पुलिसका जीवन आचार्यले एक एक जित, एपिएफका बिजित थापा मगरले दुई जित निकाले । जुनियर वरीयताको विश्व नम्बर एक तथा नेपालका १०औँ वरीयताका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले पनि दुवै खेलमा जित निकालेका छन ।
प्रतियोगिताको संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटिका जीवनराम श्रेष्ठले उद्घाटन गरे । उद्घाटन अवसरमा बिश्व ब्याडमिन्टनको जुनियरतर्फ नम्बर १ बन्न सफल प्रिन्स दाहाल र महिला युगलतर्फ नम्बर ७ मा उक्लिन सफल रशिला महर्जनलाई आठ हजार पाँचसय रुपियाँ सहित सम्मान गरिएको थियो ।

टिप्पणी लेख्नुहोस्