पूर्व फास्ट बलर लासिथ मालिङ्गा नयाँ भूमिकामा देखिने
काठमाडौं । श्रीलंका क्रिकेट टोलीका पूर्व बलर लासिथ मालिङ्गा नयाँ भूमिकामा देखिने भएका छन । उनी फास्ट बलिङ कन्सल्टेन्ट प्रशिक्षक बन्ने तयारीमा रहेका छन् । क्रिकेट सल्लाहकार समितिले श्रीलङ्का क्रिकेटको कार्यकारी समिति (एसएलसी)मा उनको नाम सिफारिस गरेको छ । श्रीलंकन मिडीया द आइल्याण्डले जनाएअनुसार ३८ वर्षीय मालिङ्गाले आगामी अस्ट्रेलिया भ्रमणको लागि श्रीलंकाको टोलीको तयारीको रेखदेख गर्नेछन् । श्रीलंकाले अष्ट्रेलियामा पाँच टी २० खेलको सिरीज खेल्नेछ।
मालिङ्गा आफ्नो स्लिङ शट बलिङका कारण विश्वभर प्रसिद्ध छन । उनी टी २० क्रिकेटका सफल बलरमध्ये एक र श्रीलंकाका आईकन खेलाडी हुन् । उनको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा आइसिसी टी–२० विश्वकप उपाधि जितेको थियो । यद्यपि कप्तानको रूपमा उनको रेकर्ड भने खराब रहेको छ । उनले नेतृत्व गरेको नौ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले सबैमा हार व्योहोरेको छ । उनको नेतृत्वमा श्रीलंकाले खेलेको २४ टी–२० आई मध्ये १५ मा हार ब्योहोरेको थियो ।
रिपोर्टका अनुसार मालिङ्गालाई फास्ट बलर सल्लाहकार प्रशिक्षक बनाइएकोमा क्रिकेट सल्लाहकार समितिमा रहेका कुमार संगराकारा, अरविन्द डि सिल्भा र मुथैया मुरलीधरन जस्ता दिग्गजहरुले आपत्ति जनाएका छन । तर उक्त सिफारिस पूर्व कप्तान तथा सल्लाहकार प्रशिक्षक महिला जयवर्धनेबाट आएकोले यसलाई स्विकार गरिएको हो ।
रिपोर्टलका अनुसार प्रसिद्ध फास्ट बलर लासिथ मालिङ्गा ड्रेसिङ रुममा कसैलाई मन पर्दैनथे। श्रीलंकाका कप्तान पनि उनको व्यवहारबाट खुसी थिएनन। कप्तानलाई निलम्बन गर्ने उद्देश्यले उनले ओभर रेटमा प्रभाव पारेको आरोप लगाइएको थियो। जसकारण कप्तानले जरिबाना तिर्नुपर्ने र निलम्बनको समाना गर्नुपरेको थियो। तर, उक्त आरोपलाई एसएलसीले कहिलै पनि छानविन गर्न खोजेन ।

टिप्पणी लेख्नुहोस्