लेख विवरण

पूर्व भारतीय खेलाडी सुरेश रैनाले लङ्का प्रिमियर लिगको अक्सनमा भाग लिने

पूर्व भारतीय खेलाडी सुरेश रैनाले लङ्का प्रिमियर लिगको अक्सनमा भाग लिने

काठमाडौंँ । भारतीय क्रिकेट टिमका पूर्व सदस्य सुरेश रैनाले सन् २०२३ मा हुने लङ्का प्रिमियर लिग (एलपीएल)को अक्सनमा सहभागिता जनाउने भएका छन् । रैनाले आफ्नो बेस प्राइस ५० हजार अमेरिकी डलर राखेका छन् । लङ्का प्रिमियर लिगको अक्सन जुन १४ मा हुने भएको छ । प्रतियोगिता जुलाई ३० देखि अगष्ट २० सम्म हुनेछ ।

यो संगै रैना फेरि एकपटक क्रिकेट मैदानमा फर्किने सम्भावना बढेको छ । उनको ब्याटबाट फेरि एकपटक दर्शकले चौका र छक्काको वर्षा देख्न पाउनेछन् । सन् २०२२ को सेप्टेम्बरमा ३६ वर्षीय रैनाले क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिने निर्णय गरेका थिए । यसबाहेक उनले यसै वर्ष मार्चमा भएको लिजेन्ड्स लिग क्रिकेट प्रतियोगितामा पनि भाग लिएका थिए । आइपिएलको १६ औं संस्करणमा उनलाई कमेन्टेटरको रुपमा पनि हेरिएको थियो ।

लङ्का प्रिमियर लिगको चौथो संस्करणका लागि खेलाडी अक्सन प्रक्रिया आइपिएलको जस्तै हुने भएको छ । श्रीलङ्का क्रिकेट (एसएलसी) का अनुसार अक्सनमा ५०० भन्दा बढी खेलाडीको लिलामी हुनेछ । अक्सनमा नेपालबाट सन्दीप लामिछानेले पनि आफ्नो नाम दर्ता गराएका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.