लेख विवरण

पोखरामा एसियन कप ट्राइयाथलन हुँदै

पोखरामा एसियन कप ट्राइयाथलन हुँदै

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजनामा एसिया ट्राइयाथलन कप तथा दक्षिण एसियाली च्याम्पियनसिप हुने भएको छ । शनिबार पोखराको फेवातालमा हुने प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको संघले जनाएको छ ।

प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्यान्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरी सात राष्ट्रका पुरुषतर्फ ४० र महिलातर्फ २३ गरी ६३ खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगिता पोखराको बसुन्धरा पार्कस्थित फेवा लेकमा सञ्चालन हुने छ । प्रतियोगिता ७५० मिटर पौडी, २० साइक्लिङ र ५ किमि दौडको दूरीमा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।

अघिल्लो संस्करणमा उक्त दूरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै महिलातर्फ भारतकी प्रग्न्या मोहन एक घन्टा नौ मिनेट २३ सेकेन्डमा पूरा गर्दै च्याम्पियन भएकी थिइन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.