लेख विवरण

पौडी : ५० मिटर बटरफ्लाईमा एपीएफका तेन्जिङलाई स्वर्ण

पौडी : ५० मिटर बटरफ्लाईमा एपीएफका तेन्जिङलाई स्वर्ण

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको ५० मिटर बटरफ्लाईमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले स्वर्णपदक जितेका छन ।

पोखरास्थित फिस्टेल एकेडेमीको पौडी पोखरीमा शनिबार भएको खेलमा तेन्जिङले निर्धारित दूरी २७.५६ सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन ।

एपीएफकै अजल काजी ताम्राकारले २७.६७ सेकेन्डको समय निकाल्दै रजत र आर्मीका अनुभव सुब्बाले २७.६९ सेकेन्डमा दूरी पार गर्दै कांस्य जिते ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.