प्रथम उर्लाबारी भेट्रान फुटवल प्रतियोगिता आयोजना हुने
पथरी । मोरङको उर्लाबारीमा प्रथम उर्लाबारी भेट्रान फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । मंसिर १६ बाट सन्चालन हुने प्रतियोगितामा प्रदेश १ का १२ टिमले सहभागिता जनाउने भएका छन । प्रतियोगिताको बारेमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
उर्लाबारी भेट्रान क्लबले आयोजना गर्ने सो प्रतियोगिताका लागि रु ९ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता राधिका माध्यामिक विद्यालयको मैदानमा हुनेछ ।
उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिताको उपाधि विजेताले रु ५१ हजार र उपविजेताले रु ३१ हजारसहित ट्रफि प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल मंसिर २७ गते हुनेछ ।

टिप्पणी लेख्नुहोस्