प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ च्याम्पियन
घोराही । नवौँ राष्ट्रिय खेलकुद २०७९ को लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ।
लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा दाङको बेलझुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कांस्य पदक हात पार्दै दाङ जिल्ला च्याम्पियन बनेको हो। च्याम्पियन बनेको दाङले स्वर्ण, रजत र कांस्य गरेर २३ पदक हात पार्न सफल भएको छ।
त्यस्तै छ स्वर्ण, चार रजत र ९ कांस्य पदकका साथ बर्दिया जिल्ला द्वितीय हुँदा कपिलवस्तु जिल्ला चार स्वर्ण, चार रजत र दुई कांस्य पदक हात पार्दै तेस्रो भएको छ। प्रतियोगितामा बाँके जिल्ला तीन स्वर्ण, १४ रजत र तीन कांस्य पदकका साथ सान्त्वना भएको छ।
लङ जम्पमा निशाको नयाँ रेकर्ड
यसैबीच दाङकी निशा चौधरीको एथलेटिक्स अन्तरगत लङजम्पमा नयाँ रेकर्ड बनेको छ। नवौँ राष्ट्रिय खेलकुद अन्तरगत बेलझुण्डीमा भएको प्रदेशस्तरीय छनोट प्रतियोगितामा चौधरीले १२औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बनाएको ५.४७ मिटरको आफ्नै राष्ट्रिय कीर्तिमान तोड्दै ५.५० मिटरको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेकी छिन ।
तुलसीपुर नगरस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पहिलो पटक सहभागी बनेकी निशाले ट्र्याकतर्फ छोटो दुरीको १००र२०० मिटर दौड र फिल्डतर्फ लङ जम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन । विद्यालयस्तरको सामान्य प्रशिक्षणबाट आफ्नो अद्भुत क्षमता प्रदर्शन गरेकी उनले एकपछि अर्को सफलता हात पार्दै आएकी छिन ।

टिप्पणी लेख्नुहोस्