लेख विवरण

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली बिरुद्ध आर्मी १४० रनले विजयी

प्रधानमन्त्री कप क्रिकेटः कर्णाली बिरुद्ध आर्मी १४० रनले विजयी

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्दै विजयी हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १४० रनले पराजित गर्यो ।

जितसँगै आर्मी समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । खेलमा जितको लागि आर्मीले कर्णाली प्रदेशलाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा कर्णाली प्रदेश २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटियो ।

कर्णाली प्रदेशका लागि बिपिन रावलले सर्वाधिक ४८ रनको योगदान दिए । त्यसैगरी अर्जुन घर्तीले ११ तथा प्रकाश जैशी र सन्दीप शाहीले समान ११/११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । कर्णाली प्रदेशलाई सस्तैमा समेट्नेक्रममा रोहित पौडेलले ३ तथा शाहब आलम र हरि चौहानले समान २/२ विकेट लिए । भने जितेन्द्र मुखिया र सुशान भारीले एक/एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रनको योगफल बनाएको थियो । आर्मीका लागि कप्तान बिनोद भण्डारीले अविजित ३७ रन बनाए । कुशल मल्ल र रोहित पौडेलले समान ३५/३५ रन बनाए । भिम सार्कि (२९), हरि चौहान (३१), अर्जुन साउद (२०) र राजेश पुलामी मगरले अविजित २८ रन बनाए ।

बलिङतर्फ कर्णाली प्रकाश जैसीले ३ र दिपेन्द्र रावतले २ विकेट लिए । दिनेश अधिकारीले एक विकेट लिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.