लेख विवरण

प्रधानमन्त्री कप : कास्कीमाथि तनहुँको ऐतिहासिक जित

प्रधानमन्त्री कप : कास्कीमाथि तनहुँको ऐतिहासिक जित

दमौली । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको छनोट खेलमा कास्कीमाथि तनहुँले ऐतिहासिक जित निकालेको छ । पोखरामा सुरु छनोट खेलमा तनहुँले कास्कीलाई पराजित गरेको हो ।

हालसम्मका खेलहरूमा तनहुँले कास्कीमाथि विजय हासिल गर्न सकेको थिएन । उक्त खेलमा तनहुँले कास्कीलाई एक विकेटले पराजित गरेको छ । कास्कीले दिएको १३८ को लक्ष्य तनहुँले ४३औँ ओभरमा एक विकेटले विजय हासिल गरेको छ । खेलमा तनहुँका लागि कप्तान चन्द्रकान्त र अभिषेक बस्नेतले समान ३–३ विकेट लिए भने प्रदीप अर्याल र दिनेश बुढा मगरले समान २–२ विकेट लिएका थिए ।

दोस्रो ब्याटिङ गर्दा प्रदीपले निर्णायक १६ रन बनाएर खेल समाप्त पारे । प्रदीप र सन्दीपले अन्तिम विकेटका लागि २४ रनको साझेदारी गर्दै इतिहास रचे । चन्द्रकान्तले पोखरा जानुअघि पाँच दिने क्याम्पेनका लागि पहल गरेका थिए । त्यसले खेलाडीलाई खेल जित्नका लागि सहयोग पु¥याएको छ ।

प्रधानमन्त्री क्रिकेट कपका लागि चन्द्रकान्त पौडेलको कप्तानीमा खेलाडी छनोट गरिएको थियो । उक्त टिमको सहकप्तानमा समिर कँडेल रहेका थिए । छनोट भएका अन्य खेलाडीमा अभिषेक बस्नेत, कविन्द्र पण्डित, विनय भण्डारी, दिनेश बुढामगर, उत्सव श्रेष्ठ, सचिन अधिकारी, सन्दीप पराजुली, आनन्द सुनार, इशान श्रेष्ठ, इरिक श्रेष्ठ, प्रदीप अर्याल, सन्दिप गुरुङ, मनिष थापा, मिलन श्रेष्ठ र सविन नेपाली छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.