प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता सुरु
काठमाडौं । नेपाली सेनाले आयोजना गर्दै आएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा बिभिन्न जिल्लाका टेनिस संघका खेलाडीहरुले सहभागिता जनाएको उपरथी बाबुराम श्रेष्ठले जानकारी दिए ।
खेलकुदको प्रवद्र्धन र खेलाडी उत्पादन गर्ने हेतुले सेनाले सञ्चालन गर्दै आएको प्रतियोगितामा खुल्ला तर्फ तीन,भेट्रान तर्फ आठ र मिश्रिततर्फ दुई गरि १३ स्पर्धामा प्रतिष्पर्धा हुने श्रेष्ठले बताए ।
प्रतियोगिताले खेलाडीहरुको मनोवल वृद्धि गराउने तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुले राम्रो प्रर्दशन गर्ने अपेक्षा सेनाले गरेको छ ।
‘राष्ट्रिय टेनिस प्रतियोगिताको माध्यमबाट अवश्य नै खेलाडीहरुको क्षमता अभिवृद्धि हुन गई खेलाडीहरुको व्यक्तिगत ¥याङ्किङ निर्धारण हुनुको साथै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छु ।’ उपरथी श्रेष्ठले भने ।
नौ दिनसम्म सञ्चालन हुने प्रतियोगिता आगमी जेठ पाँच गते सम्पन्न हुने छ ।

टिप्पणी लेख्नुहोस्