लेख विवरण

प्रशिक्षक शाहमाथी नाबालिगलाई यौन दुर्व्यवहार र जातीय विभेद गरेको आरोप

प्रशिक्षक शाहमाथी नाबालिगलाई यौन दुर्व्यवहार र जातीय विभेद गरेको आरोप

काठमाडौँं । भारतको चमोली जिल्ला क्रिकेट संघका सचिव तथा प्रशिक्षक नरेन्द्र शाहमाथि उनको गृह राज्य उत्तराखण्डमा एक नाबालिगमाथि यौन दुर्व्यवहार र जातीय विभेद गरेको आरोप लागेको छ ।

शाह र उनकी श्रीमती किरणले मिलेर देहरादुनमा लिटिल मास्टर क्रिकेट एकेडेमी चलाउँछन्, जहाँ भारतका लागि ४८ अन्तर्राष्ट्रिय खेल खेलेका र हालै डब्‍ल्‍यूपीएलमा गुजरात जायन्ट्सको कप्तानी गरेका स्नेह राणा पनि प्रशिक्षक छन्। सन् २०२२ मा एकेडेमीमा भर्ना भएकी १५ वर्षीया नाबालिग किशोरीले यो आरोप लगाएकी हुन् ।

ईएसपीएनक्रिकइन्फोका अनुसार गत मार्च २८ मा देहरादुनमा दर्ता गरिएको एफआईआरमा शाहले मार्च १३ मा अभ्यास पछि आफ्नो कोठामा गईसकेकी पिडीत नाबालिगलाई बोलाएर अश्लील कुराहरु गरेको आरोप छ । शाहले आफुसँग बोलेको अश्लीलकुरा मोबाइलमा रेकर्डिङ गरेर प्रमाणको रूपमा ती नाबालिग राखेकी छन ।

एफआईआरमा शाहले पीडितको शरीरमा हात राख्दै महिम वर्मा र धीरज भण्डारी तथा उत्तराखण्ड क्रिकेट संघका अन्य पदाधिकारीहरूे को शारीरिक आवश्यकताहरू पूरा गर्न प्रोत्साहित गर्ने प्रयास गरेको आरोप छ । र उनले त्यसो गर्दा पुरस्कार दिने प्रलोभन देखाइएको छ।

उजुरीमा शाहले एकेडेमीका अन्य खेलाडीहरूसँग पनि यस्तो गर्ने गरेको नगरेको खण्डमा उनीहरूले फेरि कहिल्यै क्रिकेट खेल्न नपाउने धम्की दिने गरेको पनि भनिएको छ ।

शाहले पिडीतको करियर समाप्त गर्ने धम्की दिदै उनीहरू तल्लो जातका मानिसहरू भएको र उच्च जातका मानिसहरूले जस्तै व्यवहार गर्न योग्य नरहेतापनि उनीहरूलाई खेल्न दिएर उनीहरूको पक्षमा काम गरेको उजुरीमा भनिएको छ ।

रिपोर्टका अनुसार शाहकी श्रीमती पनि उनको व्यवहार बारे सचेत थिए र एकेडेमीका अन्य खेलाडीहरू समर्थनमा बोलेको बताइएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.