प्रिन्सलाई प्रधानमन्त्री देउवाको बधाई
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रिन्स दाहाललाई बधाई दिएका छन । विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्षस्थानमा पुगेका दाहाललाई ट्वीटरमार्फत् प्रधानमन्त्रीले बधाई दिएका हुन ।
‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरीयतामा शीर्षस्थान हासिल गर्न सफल भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीटमा लेखेका छन ।
विश्व ब्याडमिन्टन महासंघ (विडब्लुएफ)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन ।
यसअघि प्रिन्स तेस्रो स्थानमा थिए । कोरोना महामारीका कारण सन् २०२१ मा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा विडब्लुएफले एक वर्षपछि वरीयता परिवर्तन गरेको हो ।
प्रिन्स पहिलो पटक शीर्ष वरीयतामा पुगेका हुन । यसअघि उनी ११ औँ, सातौँ हुँदै तेस्रोमा आएका थिए । प्रिन्स जुनियर वरियताको डबल्सतर्फ भने नवौँ स्थानमा छन ।
नयाँ वरियतामा प्रिन्सको १० हजार चार सय अंक छ । दोस्रो स्थानमा रहेका मलेसियाका जस्टिन होको नौ हजार ५९० र तेस्रो स्थानमा रहेका मलेसियाकै मोहम्मद रजिफको ६ हजार नौ सय २५ अंक छ ।
विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु । pic.twitter.com/MSf47AqBMV
— Sher Bahadur Deuba (@SherBDeuba) January 13, 2022

टिप्पणी लेख्नुहोस्