लेख विवरण

प्रिमियर गल्फको पहिलो दिन एमेच्योर वानचेनलाई अग्रता

प्रिमियर गल्फको पहिलो दिन एमेच्योर वानचेनलाई अग्रता

काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिताको पहिलो दिन एमेच्योर गल्फर वानचेन ढोन्डुपले अग्रता लिएका छन । पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा सञ्चालित बर्षको अन्तिम स्पर्धामा सोमबार वानचेनले सात अन्डर ६५ खेले ।

उनले दोस्रो स्थानमा रहन सफल घरेलु प्रो भुवन नगरकोटी र रवि खड्कालाई तीन स्ट्रोकले पछि पारेका छन । भुवन र रविको समान चार अन्डर ६८ स्कोर छ । तेस्रो स्थानमा रहेका सुक्रबहादुर राई, एमेच्योर सद्भाव आचार्य र महेन्द्र पगामीको तीन अन्डर ६९ स्कोर छ ।

दुई अन्डर ७० खेलेका अर्का एमेच्योर सुवास तामाङ चौथो स्थानमा छन । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको चारदिने प्रतियोगितमा ११ एमेच्योर सहित ४३ खेलाडीको सहभागिता रहेको छ । ३६ होलको समाप्तिसँगै २१ प्रो र ६ एमेच्योर थप ३६ होलको फाइनल चरणमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको प्रो तर्फको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार र तेस्रो हुनेले एक लाख १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने प्रोले पनि आकर्षक नगद पुरस्कार हात पार्नेछन् । एमेच्योरलाई ट्रफी प्रदान गरिनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.