लेख विवरण

प्रिमियर लिग : टोटनहम र एभरटनले एक एकको बराबरीमा

प्रिमियर लिग : टोटनहम र एभरटनले एक एकको बराबरीमा

काठमाडौं । टोटनहम र एभरटनले एक एकको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको एक मात्र खेलमा टोटनहम र एभरटनले समान अंक बाडेका हुन् । 

दुवै तर्फका एक एक खेलाडीले रातो कार्ड पाउँदा दुवै टोली १०–१० खेलाडीमा सिमित हुन परेको थियो ।  

पहिलो हाफमा गोलरहित बराबरीको खेल भए पनि दोस्रो हाफको ६८औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए  तर दोस्रो हाफको अन्तिम मिनेटमा एभरटनका माइकल किनले गोल फर्काएर खेललाई १–१ को अवस्थामा ल्याईदिए ।

बराबरीको खेल खेलर अंक बाडेका दुवै टोलीले १०–१० खेलाडीमा सिमित रहेर खेलेका थिए । दोस्रो हाफको ५८औं मिनेटमा अब्दुलाय डेकुरले रातो कार्ड पाएपछि एभरटन १० खेलाडीमा समेटिएको थियो भने टोटनहमका लुकास माउरा खेलको अन्तिम समयमा अर्थात ८८औं मिनेटमा रातो कार्ड पाएर बाहिरिएका थिए ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.