लेख विवरण

फखर जमान अप्रिल महिनाको आईसीसी पुरुष खेलाडी घोषित

फखर जमान अप्रिल महिनाको आईसीसी पुरुष खेलाडी घोषित

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अप्रिल महिनाको प्लेयर अफ द मन्थ अवार्ड घोषणा गरेको छ । पाकिस्तानी ब्याट्सम्यान फखर जमान अप्रिल महिनाको आईसीसी पुरुष खेलाडी घोषित भए भने थाइल्याण्डका कप्तान नूरमोल चाइवाई उत्कृष्ट महिला खेलाडी घोषित भइन। फखरले न्यूजिल्याण्डका ब्याट्सम्यान मार्क च्यापम्यान र श्रीलंकाका स्पिनर प्रभात जयसूर्यालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

दुबै ब्याट्सम्यानलाई अप्रिलमा उनीहरूको उत्कृष्ट प्रदर्शनका लागि पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरू, आईसीसी हल अफ फेमर्स र मिडिया प्रतिनिधिहरू साथै विश्वभरका क्रिकेट प्रशंसकहरू सम्मिलित निर्णायक मण्डलले मतदानको आधारमा छनोट गरेका थिए।नोभेम्बर २०२२ मा सिद्रा अमीनपछि यो अवार्ड जित्ने पाकिस्तानका फखर पहिलो खेलाडी हुन्। उनले न्यूजिल्याण्ड विरुद्धको एकदिवसीय शृङ्खलामा लगातार दुई शतक प्रहार गरेका थिए ।

फखर जमानले न्यूजिल्याण्डविरुद्धको एकदिवसीय शृङ्खलामा २८९ रनको लक्ष्य पछ्याएको पाकिस्तानका लागि ओपनरले इमाम(उल(हकसँग १२४ रनको उत्कृष्ट साझेदारी गरेका थिए । उनले अन्ततः ११४ बलमा ११७ रन बनाउदै पाकिस्तानलाई पाँच विकेटले जिताएका थिए । दोस्रो एकदिवसीयमा पनि जितका लागि ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानका लागि जमान पुनः न्युजिल्यान्डका बलरहरूमाथि हावी हुँदै अविस्मरणीय १८० रन बनाउदै पाकिस्तानलाई दोस्रो उच्च स्कोर बनाउन मद्दत गरे ।

आईसीसी महिला प्लेयर अफ द मन्थ अवार्डका लागि थाइल्याण्डकी नरुमोल चाइवाईले युएईकी काविशा अगोगेज र जिम्बाब्वेकी केलिस न्धालोवुलाई पछि पार्दै अवार्ड जितिन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.