फाइनलमा रिबकिनालाई पराजित गर्दै सबालेन्काले जितिन अस्ट्रेलियन ओपनको उपाधि
काठमाडौंँ । बेलारुसकी एरिना सबालेन्काले बर्षको पहिलो ग्रान्ड स्लाम अष्ट्रेलियन ओपनको उपाधि जितेकी छन । उनले कजाकिस्तानकी एलेना राइबकिनालाई ४-६, ६-३ र ६-४ ले पराजित गर्दे उपाधि माथी कब्जा गरेकी हुन ।
महिला सिंगल क्याटोगरीमा सबालेन्काको यो पहिलो ग्रान्ड स्लाम उपाधि हो । महिला डबल्स क्याटोगरीमा उनले सन् २०२१ को अष्ट्रेलियन ओपन र २०१९ को युएस ओपनको उपाधि जितेकी थिइन ।
मलेबर्न स्थित रोड लेवर एरिनामा शनीवार २४ बर्षीय सबालेन्काले पहिलो सेट ६-४ ले गुमाएपछि दोस्रो सेट ६-३ ले जित्दै पुनरागमन गरेकी थिइन । त्यसपछि खेल १-१ को बराबरीमा आएको थियो । तेस्रो तथा निर्णायक सेट सबालेन्काले ६-४ ले जित्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भइन ।

टिप्पणी लेख्नुहोस्