लेख विवरण

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई साढे ३८ विघा जग्गा

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई साढे ३८ विघा जग्गा

काठमाडौँ । नेपाल सरकारले कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले जग्गा दिने निर्णय गरेको धनगढी क्रिकेट एकेडेमी तथा फाप्ला क्रिकेट मैदानका अभियन्ता सुवास शाहीले जनाएका छन ।

माघ १० गतेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि सोमबार पारित भएको हो शाहीले जानकारी दिए । शाहीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेल ग्राम विकास समिति छुट्टै गठन गरेर निर्माणको प्रक्रियामा अघि बढाउने निर्णय भएको पनि बताए ।

फाप्ला क्रिकेट मैदानमा तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) २०१९ मा सम्पन्न भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.