लेख विवरण

फिफाले क्लब विश्वकप आयोजनाको गर्ने

फिफाले क्लब विश्वकप आयोजनाको गर्ने

काठमाडौं । विश्व फुटबल महासङ्घ (फिफा)ले सन् २०२५ देखि क्लब विश्वकप आयोजना गर्ने भएको छ । कतारमा जारी २२औँ विश्वकप फुटबलको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफा क्लब विश्वकप फुटबल आयोजनाको घोषणा गरेका हुन ।

क्लब विश्वकपमा पनि ३२ टोलीको सहभागिता रहने छ । फिफाले विश्वकपमा अर्को संस्करणदेखि ३२ बाट बढाएर ४८ टोलीबीच प्रतिस्पर्धा गराउने घोषणा यसअघिनै गरिसकेको छ । फिफाले क्लब विश्वकप यसअघि २०१९ बाट आयोजना गर्ने तय गरेपनि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो ।

फिफाले अहिले पनि सात महादेशका उत्कृष्ट सात टोलबीच क्लब विश्वकप आयोजना गर्दै आएको छ । फिफाले यसलाई अझै बृहत् बनाएर हरेक चार चार वर्षमा ३२ टोलीबीच क्लब विश्वकप आयोजना गर्न लागेको हो । क्लब विश्वकपलाई युरोपका ठूला क्लबहरूले भने अस्वीकार गर्दै आएका छन् ।

फिफा अध्यक्ष इन्फान्टिनोले यसलाई सबैको सहमतिमा टुंगोल लगाउने र क्लब विश्वकप भएरै छाड्ने समेत बताए । पत्रकार सम्मेलनमा इन्फान्टिनोले कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट रहेको पनि बताए । उनले फिफाले ३२ टोलीबीच महिला विश्वकप आयोजना गर्ने तयारी गरिएको जानकारी पनि दिए । एजेन्सी

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.