लेख विवरण

फिफा क्लब विश्वकप तोकेको मितिमा नै हुने

फिफा क्लब विश्वकप तोकेको मितिमा नै हुने

काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा)ले फिफा क्लब विश्वकप तोकेको मितिमा नै हुने जनाएको छ ।

आबुधावीमा अर्को महिना हुने भनिएको प्रतियोगिता यमन र युएईको राजनीतिक तनावका कारण शङ्काको घेरामा आएको थियो । तर फिफाले फेब्रुअरीमा हुने प्रतियोगिता हेरफेर नहुने जनाएको छ ।

यसमा प्रिमियर लिग तथा च्याम्पियन्स लिग विजेता चेल्सीले सहभागिता जनाउनेछ । प्रतियोगिता फेब्रुअरी तीन देखि १२ तारिखसम्म हुनेछ । सात टिमको सहभागिता रहने यो प्रतियोगिता आबुधावीको दुई वटा रङ्गशालामा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.