फिफा यू–१७ विश्वकप : जर्मनीलाई हराउँदै नाइजेरियाले जित्यो काँस्य
काठमाडौं । नाइजेरियाले जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक फिफा यू–१७ महिला विश्वकपमा कास्य पदक जितेको छ । सोमवार भएको खेलमा दुवै टोली ३–३ बराबरीमा खेलेपछि पेनाल्टी सुटआउटबाट नाइजेरियाले खेल ३–२ ले जित्यो ।
यसअघि नाइजेरियाले सन् २०१०, २०१२ र २०१४ को यु–१७ विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
कास्य पदक जितेको नाइजेरियाका लागि ओपेमी अजकाये, अमिना बेलो र एडिडियोङ इटिमले गोल गरेका थिए । जर्मनीका जेला भेइट, पाउलिना बार्ट्ज र लरेन बेन्डरले गोल गरेका थिए।
सोमबार राति भएको फाइनल खेलमा स्पेनले कोलम्बियालाई १–० ले हराउँदै फिफा यू–१७ महिला विश्वकपको उपाधि जितेको छ । स्पेनका लागि एना मारियाले खेलको ८२ औं मिनेटमा एक मात्र गोल गरिन् ।

टिप्पणी लेख्नुहोस्