फिफा विश्वकपमा आज ४ खेल हुदै
काठमाडौं । फिफा विश्वकप २०२२ मा दैनिकजस्तै आज पनि ४ खेल हुदैछ । समूह 'एफ' अन्तर्गत आजको खेलमा क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को भिड्ने छन । त्यस्तै समूह 'ई' अन्तर्गत आज हुने खेलमा जापान र स्पेन तथा कोस्टारिका र जर्मनी भिड्नेछन ।
क्रोएसिया २ खेलमा एक जित सहित ४ अंकका साथ समूह 'ए'फ को शिर्ष स्थानमा रहेको छ । समान अंक रहेको मोरक्को पनि २ खेलमा एक जित सहित समूह 'एफ' को दोस्रो स्थानमा रहेको छ । क्रोएसिया र मोरक्कोले २ खेलमा एक जित र एक बराबरी खेलेका छन । बेल्जियम २ खेलमा १ जित र एक हार सहित तेस्रो स्थानमा रहदा क्यानडा २ खेलमा २ हार सहित चौंथो स्थानमा रहेको छ ।
क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीचको खेल नेपाली समय अनुसार बेलुकी ८ः४५ बजे सुरु हुनेछ ।
समूह 'ई' मा रहेको स्पेन २ खेलमा एक जित र एक बराबरी सहित ४ अंकका साथ पहिलो स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको जापानको २ खेलमा एक जित र एक हार सहित ३ अंक रहेको छ । त्यस्तै कोस्टारिका २ खेलमा एक जित र एक हार सहित तेस्रो स्थानमा रहदा २ खेलमा जित हातपार्न नसकेको जर्मनी चौथो स्थानमा रहेको छ ।
जापान र स्पेन तथा कोस्टारिका र जर्मनीबीचको खेल राती १२ः४५ मा सुरु हुनेछ ।

टिप्पणी लेख्नुहोस्