लेख विवरण

फिफा विश्वकप पहिलो पटक महिला रेफ्रीहरूले खेलाउने

फिफा विश्वकप पहिलो पटक महिला रेफ्रीहरूले खेलाउने

काठमाडौं । शुक्रबार अर्थात डिसेम्बर २ मा हुने फिफा विश्वकपको खेलमा पहिलो पटक महिला रेफ्रीहरू देखिने भएका छन् । जर्मनी र कोस्टारिकाबीच हुने समूह ई को खेलमा फ्रान्सकी स्टेफानी फ्रापार्टले मैदानमा रेफ्रीको भूमिका निर्वाह गर्नेछिन् । उनीसँग थप दुई नुइजा ब्याक र करेन डियाजले सहायक महिला रेफ्रीको भुमिका निर्वाह गर्नेभएकी छिन ।

३८ वर्षीय फ्रापार्ट सन् २०१९ मा फ्रान्सको लिग–१ मा रेफ्री बनेकी थिइन । उनी सन् २०१९ को महिला विश्वकप फाइनलमा पनि रेफ्रीको भुमिकामा थिइन। फ्रापार्ट २०१९ युइएफए सुपर कपको फाइनल खेलको रेफ्री प्यानलमा थिइन । साथै २०२० को च्याम्पियन्स लिगमा उनी सहायक रेफ्री थिइन।

फिफा विश्वकपमा छनोट भएपछि फ्रापार्टले भनीन, ‘विश्वकपका लागि छनोट भएकोमा म निकै खुसी छु । अब छनोट लिङका आधारमा होइन योग्यताका आधारमा हुन्छ । फिफाले विश्वकपमा महिला रेफ्री बोलाएर राम्रो सन्देश दिएको छ ।'

फ्रापार्टले इन्टरनेशनल फेडरेशन अफ फुटबल हिस्ट्री (आइएफएफएचएस) बाट सन् २०१९, २०२० र २०२१ मा वर्षकै उत्कृष्ट रेफ्रीको अर्वाड प्राप्त गरेकी छिन।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.