फिफा विश्वकप : फ्रान्सललाई २-० को अग्रता
काठमाडौं । फ्रान्स र मोरक्कोबीच जारी खेलमा फ्रान्सले २ ० को अग्रता बनाएको छ । फ्रान्सले ७९ औं मिनेटमा अग्रता दोब्बर बनाएको हो । टोलीका लागि रान्डल कोलो मुआनीले दोस्रो गोल गरे । उनी बैकल्पीक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । मुआनीले मैदान प्रवेश गरेको ४४ सेकेन्डमै बल गोलपोस्टमा हाले । गोलसँगै फ्रान्सेली टोली फाइनल पुग्ने नजिक पुगेको छ ।
यसअघि फ्रान्सले खेलको पाँचौं मिनेटमा गोल गर्दे अग्रता लिएको थियो । टोलीका लागि थियो हर्नान्डेजले पहिलो गोल गरेका थिए । हर्नान्डेजले मोरक्कोका गोलकिपर बुनोउलाई नजिकबाट छल्दै गोल गरेका थिए ।

टिप्पणी लेख्नुहोस्