लेख विवरण

फिफा विश्वकप : सेक्स टोयदेखि चुरोटसम्म, यी कुराहरुमा प्रतिबन्ध

फिफा विश्वकप : सेक्स टोयदेखि चुरोटसम्म, यी कुराहरुमा प्रतिबन्ध

काठमाडौं । विश्वभरका फुटबल प्रेमीहरूले प्रतिक्षा गरेको फिफा विश्वकप २०२२ आजबाट सुरु हुँदैछ। अब करिब २९ दिनसम्म सारा विश्व फुटबलको रङमा रङ्गिने छ । कतारमा हुन लागेको फिफा विश्वकपको सबै तयारी पूरा भएको छ । प्रतियोगितामा ३२ टोलीबीच ६४ खेल हुनेछन् र विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र नेयमार जस्ता धेरै खेलाडीहरुले कर्यौ कीर्तिमानहरु तोड्नेछन् । विश्वकप हेर्नको लागि लाखौं दर्शक कतार पुग्ने क्रममा छन । यदि तपाइँ पनि कतार विश्वकप हेर्न जाँदै हुनुहुन्छ भने, बिर्सेर पनि यी कुराहरु नलानुहोस्, किनभने यी प्रतिबन्धित छन्। बोकेको पाइएमा भारी जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

अश्लील भिडियो वा सेक्स खेलौना : फिफा विश्वकप २०२२ को समयमा यदि कुनै फ्यान सेक्स खेलौना वा अश्लील भिडियो सहित समातिएमा, उसलाई भारी जरिवाना वा जेल सजाय हुन सक्छ। कतारको स्टेडियममा यी कुराहरुलाई अनुमति छैन।

पोर्क : यदि तपाई सुँगुरको मासु खान मन पराउनुहुन्छ भने तपाईको लागि नराम्रो खबर छ, किनकि कतारमा यसलाई पूर्ण रुपमा प्रतिबन्धित गरिएको छ । यो एक इस्लामिक देश हो, जहाँ सुँगुरको मासु खान निषेध गरिएको छ।

बियर वा वाइन : कतार वा दोहा भ्रमण गर्ने फुटबल प्रेमीहरूका लागि अर्को नराम्रो खबर भनेको फ्यानहरूलाई रक्सी र बियर प्रतिबन्ध लगाइएको थियो। तर, फिफाले नोभेम्बर १८ मा कतारको यो निर्णय परिवर्तन गरेको छ ।

धार्मिक पुस्तकहरू : यदि तपाइँ फिफा विश्वकप २०२२ मा जाँदै हुनुहुन्छ भने, तपाइँ कुनै पनि प्रकारको धार्मिक पुस्तक बोक्न सक्नुहुन्न किनकि यहाँ प्रतिबन्ध लगाइएको छ।

ई चुरोट वा भाप : फिफा विश्वकप २०२२ मा ई–सिगरेट र भ्यापमा पनि प्रतिबन्ध लगाइएको छ । खेलको समयमा यी चीजहरू प्रयोग गर्दा तपाईंलाई भारी जरिवाना तिर्न सक्छ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.