लेख विवरण

फियोरेन्टिनामाथि युभेन्ट्सको जित

फियोरेन्टिनामाथि युभेन्ट्सको जित

काठमाडौं । इटालियन सिरी ‘ए’ कै खेलमा युभेन्ट्सले फियोरेन्टिनामाथि १–० को जित दर्ता गरेको छ । 

पहिलो हाफमा एड्रिएन राविओटले गरेको गोल नै युभेन्ट्सको जितमका लागि निर्णायक बन्यो ।

यस जितसँगै युभेन्ट्स २२ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । 

नियम उल्लंघन गरेका कारण युभेन्ट्सको १५ अंक घटाइएको थियो । पराजित फियोरेन्टिना २२ खेलबाट २४ अंक जोडेर १४औं स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.