लेख विवरण

फुटबल इतिहासमा पहिलो पटक देखाइयो सेतो कार्ड, किन गरियो प्रयोग

फुटबल इतिहासमा पहिलो पटक देखाइयो सेतो कार्ड, किन गरियो प्रयोग

काठमाडौंँ । फुटबलमा पहेँलो र रातो कार्डको बारेमा सबैलाई थाहा छ तर पोर्चुगल महिला लिगमा रेफ्रीले सेतो कार्ड देखाएका छन । पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्बनबीच भएको महिला कपको क्वाटरफाइनल खेलमा सेतो कार्ड देखाइएको छ । पहिलो हाफको केही समयअघि रेफ्रीले सेतो कार्ड देखाउने निर्णय गर्दा खेलमा बेन्फिकाले ३–० को अग्रता लिएको थियो । कार्ड देखाइएपछि स्टेडियमका दर्शकले उठेर रेफ्रीलाई सम्मान गरेका थिए ।

सेतो कार्डको अर्थ के हो ?

पोर्चुगलको नेशनल प्लान फर एथिक्स इन स्पोर्ट (पिएनइडी) ले नयाँ पहल सुरु गरेको छ, जस अनुसार फेयर प्लेका लागि सेतो कार्ड देखाइनेछ। पोर्चुगिज फुटबल महासंघले यो पाइलट प्रोजेक्ट सुरु गरेको हो । जब दुई टोली एक अर्कासँग फेयर खेल्छन्, तब रेफ्रीले सेतो कार्ड देखाउँछन्।

खेलका क्रममा किन देखाइयो सेतो कार्ड ?

बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको खेलमा दर्शकमा रहेका एक ब्यक्ति बिरामी भएर बेहोस भए । स्थितिलाई सम्हाल्न दुवै पक्षका चिकित्सक टोली स्ट्यान्डमा पुगे र केही मिनेटमै उनको उपचार गरियो। त्यसपछि चिकित्सकको प्रशंसा गर्दै रेफ्रीले सेतो कार्ड देखाए । उक्त खेल बेन्फिकाले ५-० ले जित्यो।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.