लेख विवरण

फुटबल खेलका क्रममा चट्याङ लागेर दुई जनाको मृत्यु, २१ घाइते

फुटबल खेलका क्रममा चट्याङ लागेर दुई जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको ओडिशा सुन्दरगढ जिल्लामा आइतबार फुटबल खेल चलिरहेको बखत चट्याङ लागेर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २१ घाइते भएका छन् ।

घटना राज्यको राजधानीबाट करिब ३५० किलोमिटर टाढा जिल्लाको नुआगाउँ ब्लकको बनिएलतामा स्थानीय फुटबल खेलको क्रममा भएको हो।

मृत्यु हुनेमा एकजना फुटबल खेलाडी रहेको प्रहरीले जनाएको छ भने घाइते हुनेमा अधिकांश दर्शक रहेका छन् ।

जमिनमा चट्याङ पर्दा आकाशमा बादल लागे पनि पानी नपरेको प्रहरीले जनाएको छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.