लेख विवरण

फेडेरर र नाडालले लेभर कप खेल्ने

फेडेरर र नाडालले लेभर कप खेल्ने

काठमाडौं । स्वीट्जरल्याण्डका टेनिस स्टार रोजर फेडेरर र स्पेनका राफेल नाडालले सेप्टेम्बरमा हुने लेभर कपमा सहभागी हुने घोषणा गरेका छन् । दुवै खेलाडीले लेभर कप टेनिस प्रतियोगिताको अर्को चरणमा खेल्ने बताएका छन् ।

फेडेरर घुँडाको चोटका कारण जुलाईदेखि टेनिसबाट बाहिर छन् भने नाडालले भर्खरै अस्ट्रेलियन ओपनको २१औं ग्राण्डस्लामको उपाधि जितेका छन्।

फेडेरर र नाडालले एक विज्ञप्ति जारी गर्दै लन्डनमा हुने प्रतियोगितामा युरोपको प्रतिनिधित्व गर्ने जनाएका छन् । फेडेररको व्यवस्थापन कम्पनीले यो प्रतियोगिता सुरु गरेको हो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.