लेख विवरण

फ्रान्स नवौं पटक विश्वकपको क्वार्टरफाइनलमा

फ्रान्स नवौं पटक विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको तेस्रो प्रिक्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले पोल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । फ्रान्सको जितमा युवा खेलाडी केलियन एमबाप्पेले दुई गोल गरे । अर्का अनुभवी खेलाडी ओलिभर जिराउडले १ गोल गरे ।

फ्रान्स विश्वकप इतिहासमा नवौं पटक क्वार्टरफाइनलमा पुगेको छ । योसँगै पोल्याण्डको सन् १९८२ पछि अन्तिम ८ मा पुग्ने सपना चकनाचुर भयो । खेलमा पोल्याण्डका लागि कप्तान रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा मार्फत १ गोल गरेका थिए ।

फ्रान्सले अब क्वार्टरफाइनलमा इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.