लेख विवरण

फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिन ओसाका

फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिन ओसाका

काठमाडौं । चार पटकको ग्राण्डस्लाम विजेता जापानकी नाओमी ओसाका सोमबार अमेरिकी खेलाडी अमान्डा एनिसिमोभासँग पराजित भएपछि फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएकी छिन् । ९० मिनेटसम्म चलेको खेलमा एनिसिमोभाले ओसाकालाई ७-५, ६-४ ले पराजित गरिन्। गत जनवरीमा भएको अस्ट्रेलियन ओपनमा एनिसिमोभाले तेस्रो राउण्डमा ओसाकालाई ४-६, ६-३, ७-६ ले पराजित गरेकी थिइन ।

खेलको पहिलो चरणमा एनिसिमोभाले ३–१ को अग्रता लिएकी थिइन् तर ओसाकाले त्यसपछिको दुई चरणको खेलमा अग्रता लिदै बराबरीमा फर्किइन । अन्ततः अन्तिम चरणको खेलमा एनिसिमोभाले ६-५ को अग्रता लिइन र ४५ मिनेटमै ७-५ ले सेट जित्न सफल भइन ।

दोस्रो सेटको खेलमा जितको नजिक पुगेकी एनिसिमोभाले सर्भिस गर्दा सुरुमै दुई अंक गुमाएपछि ब्याकह्यान्ड शटमार्फत दोस्रो राउण्डमा आफ्नो स्थान सुनिश्चित गरेकी थिइन । उनले अब अर्को चरणको खेलमा क्रोएसियाकी डोना भेकिचको सामना गर्नेछिन् ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.