लेख विवरण

फ्रेन्च ओपनको पुरस्कार राशि झण्डै सात प्रतिशतले बढ्यो

फ्रेन्च ओपनको पुरस्कार राशि झण्डै सात प्रतिशतले बढ्यो

काठमाडौं । फ्रेन्च ओपन टेनिस ग्रान्ड स्लामको पुरस्कार राशि सन् २०१९ को संस्करणको तुलनामा झण्डै सात प्रतिशतले बढेर ४३.६ मिलियन युरो भएको छ ।

फ्रेन्च टेनिस महासंघले तीन वर्षअघिको तुलनामा पुरस्कार राशि ६ दशमलव ८ प्रतिशतले बढाइएको बुधबार जनाएको छ । उक्त समयमा कोरोना भाइरसको संक्रमण नभएको र प्रतियोगिता सामान्य अवस्थामा आयोजना भएको थियो । तर प्रतियोगिताको अन्तिम दुई चरणहरू महामारीबाट प्रभावित रह्यो।

यस वर्षको फ्रेन्च ओपन मे २२ बाट सुरु हुँदैछ ।

पुरुष र महिला एकलतर्फको मुख्य ड्रमा सन् २०१९ को तुलनामा खेलाडीको पुरस्कार राशि १ दशमलव ४३ प्रतिशतले बढेको छ भने डबल्सका खेलाडीको पुरस्कार राशी ६ दशमलव १ प्रतिशतले बढेको छ ।

प्रत्येक पुरुष र महिला एकल च्याम्पियनले अब २२ मिलियन यूरो प्राप्त गर्नेछन।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.