लेख विवरण

बंगलादेशका ६ खेलाडी एक महिनामा दोस्रो पटक डक आउट

बंगलादेशका ६ खेलाडी एक महिनामा दोस्रो पटक डक आउट

काठमाडौं । ढाकास्थित शेर–ए–बंगला रङ्गशालामा श्रीलंका र बंगलादेशबीच भएको खेलमा घरेलु टोलीका ६ जना ब्याट्सम्यान डक आउट भएका थिए । क्रिकेटको इतिहासमा यस्तो घटना पहिलो पटक भएको थियो। तर सो घटनाको ठ्याक्कै २३ दिनपछि बंगलादेशले फेरि एकपटक इतिहास दोहोर्याएको छ । एन्टिगुआस्थित सर भिभियन रिचार्ड्स रङ्गशालामा वेष्ट इन्डिजविरुद्ध खेलिएको पहिलो टेस्टमा बंगलादेशका ६ जना ब्याट्सम्यान फेरि एकपटक डक आउट भएका छन ।

टेस्ट क्रिकेटको १४५ वर्षे इतिहासमा एकै टोलीका ६ जना ब्याट्सम्यान एकै महिना दुई पटक शुन्यमा रनमा पवेलियन फर्किएको यो पहिलो पटक हो । वेष्ट इन्डिजविरुद्धमा जारी सिरीजमा यस्तै प्रदर्शनका कारण बंगलादेशी टोली पहिलो दिन मात्र १०३ रनमा अलआउट भएको थियो। टेस्ट क्रिकेटको इतिहासमा ६ जना ब्याट्सम्यान एकै इनिङमा शून्यमा आउट हुनु सातौं पटक भएको हो । बंगलादेशले आफ्नो नाममा यो लाजमर्दो रेकर्ड कायम गरेको तेस्रो पटक हो।

बंगलादेशका लागि कप्तान शाकिब अल हसनले ५१ रनको अर्धशतकीय पारी खेले। उनीबाहेक ओपनर तमिम इकबालले २९ तथा लिट्न दासले १२ रन बनाए । त्यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले खाता खोल्न सकेनन र बंगलादेशको पारी ३२.५ ओभरमा सकियो।

वेष्ट इन्डिजका लागि याडेन सिलेस र अलजरी जोसेफले तीन–तीन विकेट लिदा केमर रोआच र काइल मायर्सले दुई–दुई विकेट लिए । वेष्ट इन्डिजले पहिलो दिनको खेल सकिदा २ विकेट गुमाएर ९५ रन बनाएको छ । टोलीका कप्तान क्रियग ब्राथवेटले ४२ र नाक्रुमाबोनरले १२ रन बनाएका छन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.