लेख विवरण

बंगलादेशविरुद्धको टेस्टमा राशिदलाई विश्राम

बंगलादेशविरुद्धको टेस्टमा राशिदलाई विश्राम

काठमाडौंँ । अफगानिस्तानले बंगलादेशविरुद्धको एकमात्र टेस्टका लागि स्पिनर राशिद खानलाई विश्राम दिएको छ । इजहार उल हक नाभिद र इब्राहिम अब्दुलरहिमजाईले टोलीमा स्थान बनाएका छन्। टोलीको कप्तानी हसमतुल्लाह साहिदीले गर्नेछन् भने निजात मसूद र करिम जनातले पनि टोलीमा स्थान पाएका छन् ।

साहिदीले श्रीलंका विरुद्धको एकदिवसीय शृंखलामा पनि टोलीको नेतृत्व गरेका थिए । रशिदले श्रीलंका विरुद्धको एकदिवसीयमा पहिलो दुई खेल गुमाएपछि तेस्रो एकदिवसीयमा स्थान बनाएका थिए। तल्लो ढाडमा समस्या आएपछि राशिदलाई एकदिवसीयपछि टेष्ट शृंखलाका लागि आराम दिइएको अफगानिस्तान क्रिकेटले जनाएको छ ।

राशिदबाहेक तिघ्राको चोटका कारण श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय खेलबाट बाहिरिएका अजमातुल्लाह ओमरजाई पनि टोलीबाट बाहिरिएका छन् ।एसीबीका अनुसार उनी चोटबाट निको भई अहिले मेडिकल टोलीको निगरानीमा छन् ।

अलराउन्डर जनातलाई प्रथम श्रेणीको प्रतियोगिता, अहमद शाह अब्दाली कपमा उनको प्रभावशाली प्रदर्शनका कारण टोलीमा राखिएको छ । प्रतियोगितामा उनले ५ सय ६१ रन बनाउदै शीर्ष स्कोरर बनेका थिए। यसबाहेक जनातले २०.५ को उत्कृष्ट औसतमा १८ विकेट पनि लिएका थिए ।

सन् २०१८ मा भारत विरुद्ध डेब्यु गरेको अफगानिस्तानले अहिलेसम्म ६ वटा टेस्ट खेल खेलेको छ । टोलीले सन् २०१९ मा बंगलादेशविरुद्धको एकमात्र टेस्ट जितेको थियो । यस खेलमा अलराउन्ड प्रदर्शन गरेका रसिद खेलको प्लेयर अफ द म्याच भएका थिए । टेष्ट खेलपछि अफगानिस्तानले बंगलादेशमा तीन एकदिवसीय र दुई टी–२० खेल खेल्नेछ ।

अफगानिस्तानको टोलीः हशमतुल्लाह शाहिदी (कप्तान), रहमत शाह (उपकप्तान), अफसर जजाई (विकेटकिपर), इक्राम अलीखिल, इब्राहिम जद्रान, अब्दुल मलिक, बहिर शाह, नासिर जमाल, करीम जनात, जहीर खान, इजहर उल–हक नाभिद, अमीर हमजा, इब्राहिम अब्दुलरहिमजाई, यामीन अहमदजाई र निजात मसूद ।

रिजर्व खेलाडी: नूर अली जद्रान, जिया–उर रहमान, अजमातुल्लाह ओमरजाई र सैयद शेरजाद ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.